Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार संघको २३औँ स्थापना दिवसमा वृक्षारोपण

Kalakarmi Kalakarmi September 8, 2024 14:32
कलाकार संघको २३औँ स्थापना दिवसमा वृक्षारोपण Image

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले आज भदौ २३ गते आइतवार आफ्नो २३औँ स्थापना दिवस मनाएको छ । यो अवसर पारेर संघले पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । अध्यक्ष निरौलाका अनुसार भदौ २३ गते नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसको अवसर पारेर आज बिहान पशूपति क्षेत्रको गुह्येश्वरी मन्दिरनजिकै बागमती नदीको किनारामा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा अमात्यको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको ...