Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विमान दुर्घटनामा दुई जना पाइलटको मृत्यु

Kalakarmi Kalakarmi December 4, 2023 08:16
विमान दुर्घटनामा दुई जना पाइलटको मृत्यु Image

नयाँ दिल्ली– भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा सोमबार दुई जना भारतीय वायुसेना (आईएएफ) का पाइलटको मृत्यु भएको छ । पिलाटस पीसि ७ एम के ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा ट्रेनिङको क्रममा दुर्घटनाग्रस्त भएको आईएएफले जनाएको छ । आईएएफका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमको क्रममा बिहान ८ः५५ बजे उक्त विमान दुर्घटना भएको हो । दुर्घटनामा एक जना पाइलट प्रशिक्षक र अर्का क्याडेट पाइटलको मृत्यु भएको आइएएफले ट्वीटमार्फत पुष्टि गरेको छ । दुर्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गरेका छन् ।