Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फस्टलुक पोस्टरमा ‘बोक्सीको घर’

Kalakarmi Kalakarmi February 14, 2024 08:39
फस्टलुक पोस्टरमा ‘बोक्सीको घर’ Image

काठमाडौं- अभिनेत्री केकी अधिकारीद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । वैशाख १४ गते रिलिज हुने फिल्मको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो । सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ । पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त ...