‘महाभोज’ को गीत ‘मख्खै परेँ’ सार्वजनिक: दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य (भिडियो)

Kalakarmi Kalakarmi April 1, 2025 10:55
‘महाभोज’ को गीत ‘मख्खै परेँ’ सार्वजनिक: दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य (भिडियो) Image

काठमाडौं- आगामी जेठ १५ गते बिहीबार रिलिज हुने फिल्म ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् । यस भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् । यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । ...