Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेता सविन श्रेष्ठलाई विशेष सम्मान

Kalakarmi Kalakarmi May 19, 2024 12:22
अभिनेता सविन श्रेष्ठलाई विशेष सम्मान Image

काठमाडौं– अभिनेता सविन श्रेष्ठ अचेल फिल्मको अभिनयमा मात्र सिमित छैनन् । फिल्मबाहेक उनी सामाजिक कार्यमा पनि उत्तिकै सहभागि भैरहन्छन् । समाजसेवी अभिनेताको छवि बनाएका यी अभिनेताले समाजलाई उपयोगी हुने धेरै वटा काम गरिसकेका छन्, तर चुपचाप । आफूले गर्ने कामका बारेमा उनी खासै चर्चा गर्न चाहँदैनन्, प्रचार–प्रसार पनि खोज्दैनन् । केही समयअघि उनले काठमाडौंका विभिन्न सार्वजनिक शौचालयहरुमा स्यानिटरी प्याडको निःशुल्क व्यवस्था गरेर उदाहरणीय कार्य गरेका थिए । त्यसअघि पनि उनले समाज उपयोगी कार्य गरेका थिए । चलचित्र कलाकार संघको महासचिवको रुपमा निर्वाचित भएपछि उनी कलाकारको हक–हितका कार्यमा पनि उत्तिकै अग्रसर भैरहेका छन् ...