Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

केपी ओलीलाई ‘महाजात्रा’ हेर्ने इच्छा

Kalakarmi Kalakarmi March 22, 2024 05:34
केपी ओलीलाई ‘महाजात्रा’ हेर्ने इच्छा Image

काठमाडौं-‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन शुरू हुने रैछ । अघि सामाजिक सञ्जालमा पोष्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न ...