Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘१२ गाउँ’ को ‘कसो कसो’ मा देखिएको सरलताले समीरका फ्यान भुतुक्कै (भिडियो)

Kalakarmi Kalakarmi September 23, 2024 10:33
‘१२ गाउँ’ को ‘कसो कसो’ मा देखिएको सरलताले समीरका फ्यान भुतुक्कै (भिडियो) Image

काठमाडौं– बडादशैँको फूलपातिको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘१२ गाउँ’ को नयाँ गीत ‘कसो कसो…’ सोमवार यूट्युबमार्फत सार्वजनिक भएको छ । ‘कसो कसो…’ बोलको यो रोमान्टिक गीतमा अभिनेता समीर भट्टलाई रोमान्टिक अवतारमा देखेर उनका फ्यानहरु भुतुक्कै भएका छन् । सरलतामा बगेको यो गीतमा समीरका साथमा सोनु चन्द्रपाललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो गीतमा गायक सुगम पोखरेल तथा सदीक्षा कट्टेलको यूगल स्वर सुन्न सकिन्छ । निरज सिंहद्वारा संगीतबद्ध यो गीतका शब्दहरु सुवास चन्द्र ढुंगेलले रचना गरेका हुन् । सौरव लोखन्डे यो गीतका ...