Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आज ३२औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

Kalakarmi Kalakarmi December 3, 2023 01:19
आज ३२औँ अन्तर्राष्ट्रिय अपांगता दिवस Image

काठमाडौं– आज ३ डिसेम्बर अर्थात ३२औँ अन्तर्राष्ट्रिय अपांग दिवस । आज नेपालसहित विश्वभरी नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय अपांगता दिवस सन् १९९२ देखि मनाउन थालिएको हो भने नेपालमा १९९३ देखि मनाउन थालिएको हो । अपांग दिवसको अवसर पारेर आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अहिले बिहान ८ बजे भद्रकालीदेखि भृकुटीमण्डप सम्मको प्रभातफेरी तथा त्यसपछि भृकुटीमण्डपमा बृहत् सभाको आयोजना गरिने कार्यक्रम रहेको छ । ...