Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ग्राण्ड प्रीमियरमा ‘सानो संसार’, निर्माता अर्जुन कुमार भन्छन्– ‘यो मेरो सबैभन्दा उत्कृष्ट फिल्म हो’

Kalakarmi Kalakarmi September 25, 2024 00:00
ग्राण्ड प्रीमियरमा ‘सानो संसार’, निर्माता अर्जुन कुमार भन्छन्– ‘यो मेरो सबैभन्दा उत्कृष्ट फिल्म हो’ Image

काठमाडौं– यही असोज ११ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो संसार’ को निर्माता अर्जुन कुमारले बुधवार (साउन ९ गते) बिहान ५ नबज्दै सामाजिक सञ्चालमा एउटा स्टाटस लेखे । ‘सानो संसारको टीमबाट शुभ प्रभात, वाउ…काम सकियो बल्ल । अब आजको ग्रा(ड प्रीमियरको सम्पूर्ण तयारी पूरा….।’ मंगलवार रातभरि फिल्मको अन्तिम प्राविधिक कार्यमा खटेका निर्माता अर्जुन कुमारको बुधवार बिहानको फेसबुक स्टाटस उत्साहले भरिपूर्ण छ । उनी उत्साहित नहुने कारण पनि छैन, किनभने उनी आफैँ भन्दैछन्– ‘सानो संसार मैले अहिलेसम्म निर्माण गरेका फिल्महरु मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो ।’ यसपटक निर्माता अर्जुन ...