रोमान्टिक हिरोदेखि ‘पुजार सार्की’ को मैत बहादुरसम्म
Kalakarmi
May 20, 2024 05:24
काठमाडौं- अभिनेता प्रदीप खड्काले कैयौं फिल्ममा ‘लभर ब्वाइ’ तथा ‘रोमान्टिक हिरो’ को छवि बनाए । पहिलो फिल्म ‘स्केप’ भएता पनि ‘प्रेमगीत’ बाट दर्शकमाझ लोकप्रिय बनेका उनले फिल्म ‘प्रकाश’ मा अभिनय गर्नु अघिसम्म ‘रोमान्टिक हिरो’ को छविलाई निरन्तरता दिए । तर, जसै ‘प्रकाश’ रिलिज भयो, उनलाई दर्शक र चलचित्रकर्मीले हेर्ने दृष्टिकोणमा तात्त्विक फरक देखियो । कारण थियो, उनले निभाएको चरित्र । यिनै प्रदीप पुनः फरक चरित्रमा दर्शकमाझ आउँदै छन् । यही बिहीवार, जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ फिल्ममा उनको साविक भूमिका छैन, उनी विशेष मुद्दा बोकेको यो फिल्ममा ‘मैतबहादुर’ बनेका ...