Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

असार ७ गते कमल एक्चै मगरको ‘शिरफूल’

Kalakarmi Kalakarmi May 20, 2024 06:38
असार ७ गते कमल एक्चै मगरको ‘शिरफूल’ Image

काठमाडौं– कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘शिरफूल’ कोे प्रदर्शन मिति घोषणा गरिएको छ । केहि वर्षअघि नै निर्माण भएको यो फिल्म यही असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहनालाई शिरफूल भनिन्छ । नारीले शिरमा लाउने, फूलको आकारको हुने भएकाले यो गहनालाई शिरफूल भनिएको हो । नेपाली समाजमा छोरी–चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । ...