Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सरकार जान्न चाहान्छ ?’ भन्दै एउटै फ्रेममा देखिए सौगात र ऋषि धमला

Kalakarmi Kalakarmi May 6, 2024 11:01
‘सरकार जान्न चाहान्छ ?’ भन्दै एउटै फ्रेममा देखिए सौगात र ऋषि धमला Image

काठमाडौं– लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको नयाँ नेपाली फिल्म ‘भाईरल गोर्खे’ मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन् । सोमवार फिल्मका अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको छ । यो फिल्ममा धमला पत्रकारकै भूमिकामा देखिने छन् । छायांकन सेटबाट प्राप्त एक तस्विरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको ब्यानर राखिएको छ । फिल्ममा सौगात उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन् । उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा पत्रकार धमला देखिनेछन् । फिल्ममा पत्रकार धमलाको भूमिका अर्थपूर्ण रहेको ...