Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ

Kalakarmi Kalakarmi January 4, 2024 03:05
निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ Image

काठमाडौं– कलाकार नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा हुन् । निर्माताले फिल्म निर्माणका लागि अघिल्लो साता चलचित्र विकास बोर्डबाट इजाजतसमेत प्राप्त गरिसकेका छन् । पदम विश्वकर्माको कथा रहने फिल्म सामाजिक कथाको हुने छ । नेपाल र अमेरिकामा छायाँकन हुने फिल्मको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । फागुनदेखि यो फिल्मको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । फिल्मका मुख्य कलाकार तथा प्राविधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ...