Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अडिएका पाइला’: विष्णु सापकोटाको उपन्यासमा के छ ?

Kalakarmi Kalakarmi November 25, 2023 15:25
‘अडिएका पाइला’: विष्णु सापकोटाको उपन्यासमा के छ ? Image

काठमाडौं- विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे । कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन् । सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन् । ‘विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो, उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो,’ लेखक मञ्जुश्रीले भनिन्- ‘पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर, नजिकबाट लेख्न मिल्छ ...