नेपालसँगै विश्वभर ‘लाज शरणम्’
eHimalaya Times
December 26, 2024 22:59
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ । शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा