Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ग्लोबल ट्रेन्डिङमा ‘रुकुम मैकोट, ‘खुस्मा’ को आकर्षक व्यापार जारी

Kalakarmi Kalakarmi September 23, 2024 03:32
ग्लोबल ट्रेन्डिङमा ‘रुकुम मैकोट, ‘खुस्मा’ को आकर्षक व्यापार जारी Image

काठमाडौं– असोज ३ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ ले आकर्षक व्यापार गरिरहेको बेला यो फिल्मको लोकप्रिय गीत ‘रुकुम मैकोट’ ले अर्को सफलता पाएको छ । यूट्युबको ग्लोबल ट्रेन्डिङको ७३ औं स्थानमा आएको ‘रुकुम मैकोट’ गीत अहिलेसम्म एक करोड ४० लाख ६५ हजार पटक हेरिएको छ । नेपाली गीत ग्लोबल ट्रेन्डिङमा बिरलै पर्छन् । ‘रुकुम मैकोट’ ले यही दुर्लभ सफलता प्राप्त गरेको छ । यो गीत पछिल्लो समय लोभलाग्दो लोकप्रियता तथा भ्युज पाउनसमेत सफल भएको छ । यो गीत लामो समय युट्युब ट्रेन्डिङको एक नम्बरमा समेत छ । ...