Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोस्रो सातामा ‘महाजात्रा : पहिलो साता कीर्तिमानी ग्रस कलेक्सन

Kalakarmi Kalakarmi March 29, 2024 05:46
दोस्रो सातामा ‘महाजात्रा : पहिलो साता कीर्तिमानी ग्रस कलेक्सन Image

काठमाडौं- अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महाजात्रा ले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।  चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।  नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।  फिल्ममा हरिबंश आचार्य, विपिन कार्की, बर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन् । यो फिल्म बानियाँसहित म्याक्स दीपेश खत्रीसहितको षट्कोण आर्ट्सले निर्माण गरेको हो ।