फिल्म सम्बन्धि कार्यक्रमका लागि चलचित्र विकास बोर्डको हल निःशुल्क
Kalakarmi
September 30, 2024 23:32
काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रका लागि राहतसहित कार्यक्रमहरु लागू गर्ने क्रमको थालनी गरेका छन् । पछिल्लो पटक उनले नेपाली फिल्म क्षेत्रसंग सम्बन्धित कार्यक्रम आयोजना गर्नका लागि सरस्वतीनगर, चावहिलमा रहेको बोर्डको सुविधा सम्पन्न हल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । चलचित्र विकास बोर्डले नेपाली फिल्मका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिने पत्रकार सम्मेलन, गीत तथा ट्रेलर सार्वजनिक समारोह आदि आयोजना गर्नका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको हो । फिल्मका र्यक्रमका लागि बोर्डले एउटा कार्यक्रमका लागि बढीमा दुई घण्टा उक्त हल निःशुल्क उपलब्ध गराउने ...