Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्ममा फर्किए राजेश हमाल

Kalakarmi Kalakarmi August 4, 2024 15:32
फिल्ममा फर्किए राजेश हमाल Image

काठमाडौं– अन्ततः महानायक राजेश हमाल नयाँ फिल्ममार्फत अभिनयमा फर्किने निश्चित भएको छ । यो कुराको घोषणा अभिनेता हमाल आफैँले गरेका छन् । आइतवार राति सामाजिक सञ्जालमा केही तस्विरहरुसहितको स्टाटसमार्फत अभिनेता हमालले यो कुराको जानकारी गराएका हुन् । अभिनेता हमालका अनुसार उनले निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममार्फत अभिनयमा पुनरागमन गर्न लागेका हुन् । उनी लेख्छन्– ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ शीर्षक राख्न बाँकी रहेको उक्त फिल्म एक्सन–थ्रिलर जनराको हुने निर्देशक भट्टराईले बताएका छन् ।

Latest Updates See All Updates