Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यूट्युबमा आयो नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ (भिडियो)

Kalakarmi Kalakarmi January 3, 2024 15:04
यूट्युबमा आयो नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ (भिडियो) Image

काठमाडौं– नेपाली फिल्मको इतिहासमा दोश्रो नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमार्फत दर्शकमाझ ल्याइएको छ । जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र निर्माण भएको केही वर्षपछि यूटुयुबमार्फत सार्वजनिक गरिएको हो । यूट्युबमा आउनुअघि यो फिल्म काठमाडौं, चन्द्रनिगाहपुर लगायतका स्थानमा प्रदर्शन गरिएको थियो । यो गीति चलचित्र २०७६ जेठ १ गते नै केन्द्रिय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएको थियो । यो गीति चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरुले प्रारम्भदेखि अन्त्यसम्म नै गीतको माध्यमबाट अभिनय गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिनेगरी ‘भाग्य’ तयार पारिएको हो ...