‘कर्मा’ रिलिज पश्चात एक्सन सिनेमामा काम गर्ने उपासनाको रहर


द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा ‘कर्मा’को एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । ‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,’ उपासना भन्छिन्, ‘मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । […]