Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दलित आयोगद्वारा ‘पुजार सार्की’ हेर्न आह्वान, नेताहरू भन्छन्- ‘चलचित्रले झस्कायो’

Kalakarmi Kalakarmi May 31, 2024 08:01
दलित आयोगद्वारा ‘पुजार सार्की’ हेर्न आह्वान, नेताहरू भन्छन्-  ‘चलचित्रले झस्कायो’ Image

काठमाडौं- राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ । विज्ञप्तिमा यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ । ‘अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, ...