Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतीदेवी’ प्रति सञ्चारमन्त्री शर्माको चासो

Kalakarmi Kalakarmi February 29, 2024 08:29
‘सतीदेवी’ प्रति सञ्चारमन्त्री शर्माको चासो Image

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ नेपाली फिल्म ‘सतीदेवी’ प्रति चासो व्यक्त गर्दै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक फिल्म निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधवार मन्त्री शर्माकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली फिल्म क्षेत्रको विकास, विस्तार र श्रीवृृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले ‘सतीदेवी’ नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् । निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो फिल्मको विषयवस्तुको बारेमा विस्तृतमा व्याख्या ...