फस्टलुकमा ‘नरसिंहाः अवतार’, आक्रोशित मुद्रामा राजेश र राज, प्रदर्शन मिति घोषणा


काठमाडौं- अन्ततः अभिनेता राजेश हमालको प्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत २९ गते आउँछ भनिएको यो फिल्म अब आउँदो वर्षको जेठ ९ गतेदेखि रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण, पनि यो फिल्म विशेष र प्रतिक्षित छ । संभवत नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक ...