Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक सुदर्शन थापा पक्राउ

Kalakarmi Kalakarmi June 3, 2024 08:46
निर्देशक सुदर्शन थापा पक्राउ Image

काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ । निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना फिल्म ‘प्रसाद–२’लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता बस्नेतले निर्देशक थापाविरुद्ध पनि जाहेरी दिएका थिए । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ।