Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

क्यानडाको राजदूतमा भरतराज पौडेलको नाम सर्वसम्मत अनुमोदन

Kalakarmi Kalakarmi November 26, 2023 11:46
क्यानडाको राजदूतमा भरतराज पौडेलको नाम सर्वसम्मत अनुमोदन Image

काठमाडौं – पक्राउ परेका संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए । पौडेलमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप समेत लागेको थियो। कात्तिक ३ गते मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । उनको परराष्ट्र सचिवको कार्यकाल भने यही मंसिर २० गते सकिँदैछ।