Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हिउँदमा समेत मेलम्चीको पानी नआउँदा काठमाडौंवासी आक्रान्त, आन्दोलनको तयारी !

Kalakarmi Kalakarmi November 28, 2023 11:03
हिउँदमा समेत मेलम्चीको पानी नआउँदा काठमाडौंवासी आक्रान्त, आन्दोलनको तयारी ! Image

काठमाडौं– धारामा पानी आउँदा कस्तो हुन्छ ? ठिक एक वर्षअघि काठमाडौंमा पहिलो पटक मेलम्चीको पानी आउँदा काठमाडौंवासीको घर–घरमा देखिएको खुशीयालीले जवाफ दिएको थियो । यद्यपि, उक्त खुशी लामो समयसम्म टिक्न सकेन । अघिल्लो वर्ष मेलम्चीको पानी छेलोखेलो आउँदा काठमाडौंबासीका लागि ठुलो राहतको महसुस भएको थियो । धारा जडान नभएका घर–घरमा समेत नयाँ पाइप, पाइपको परीक्षण, खानेपानीका लागि घर–घरमा मिटरसमेत जडान भयो । अब त ढुक्कले धारामा पानी आउला भन्ने सोचेका काठमाडौंवासीहरु गत भदौ महिनादेखि पुनः निराश भए । सबै व्यवस्था भएपछि अनि हिउँद नै लागि सकेपछि धारमा पानी आउन ठप्प ...