Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अफगान युद्धमा गोली लागेर बेहोस भएका थिए ‘गोर्खा वारियर’ अभिनेता रितेश चाम्स

Kalakarmi Kalakarmi February 27, 2024 11:20
अफगान युद्धमा गोली लागेर बेहोस भएका थिए ‘गोर्खा वारियर’ अभिनेता रितेश चाम्स Image

काठमाडौं– गत फागुन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गोर्खा वारियर’ का अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँसु रोक्न सकेनन् । यो फिल्मको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्न आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा पत्रकारद्वारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो वास्तविक कथा सुनाउँदा उनीसंगै सबै भावुक भएका हुन् । आफू बेलायती सेनामा भएको बेला अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यसअघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहास भएकाले प्रारम्भमा उनले बताउन चाहेनन् । ...