Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तस्विरहरुमा ‘मोदीबेनी’ प्रीमियर

Kalakarmi Kalakarmi August 1, 2024 02:05
तस्विरहरुमा ‘मोदीबेनी’ प्रीमियर Image

काठमाडौं– साउन १८ गते अर्थात यही शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बुधवार काठमाडौंमा ग्राण्ड प्रीमियर गरिएको छ । बुधवार साँझ कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा आयोजित प्रीमियर शोमा फिल्मका कलाकार तथा प्राविधिकहरुका साथमा विभिन्न फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेर निस्किएका अधिकांश फिल्मकर्मीले यसलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । शङ्कर कोइराला निर्देशित यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय छ ।