Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आज राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्दै

Kalakarmi Kalakarmi March 15, 2024 01:33
आज राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्दै Image

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज शुक्रवार सिनेमा संवाद गरिँदैछ । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् । काठमाडौंमा बिहीवारदेखि प्रारम्भ भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन नेता ओलीसँग सिनेमा संवाद हुन लागेको हो । यो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा आज बिहान ११ः३० बजेदेखि प्रारम्भ हुने आयोजक संस्थाले जनाएको छ । नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो । राष्ट्रिय सभा गृहमा ओली र हमालबीच संवाद हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ...