Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एक्सन–कटमा एमाले अध्यक्ष ओली

Kalakarmi Kalakarmi April 23, 2024 15:11
एक्सन–कटमा एमाले अध्यक्ष ओली Image

काठमाडौं– अन्ततः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवारदेखि कलाकार बनेका छन् । उनले नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्दै कलाकारिता यात्रा प्रारम्भ गरेका हुन् । मंगलवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले फिल्मका लागि अभिनय गरेका हुन् । यो फिल्ममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । ‘‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बनिरहेको फिल्म हो । रमित ढुङ्गाना यो फिल्मका निर्देशक हुन् । केही दिनअघि मात्रै फिल्ममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका ...